म्यानचेस्टरबाट पोग्बा पुनः युभेन्टस फर्किँदै

काठमाडौँ – फ्रान्सेली मिडफिल्डर पल पोग्बाले इटालियन फुटबल क्लब युभेन्टस जाने भएका छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँगको सम्झौता सकिएपछि पोग्बा सिरि ए क्लब जान लागेका बीबीसीले जनाएको छ ।
क्लबमा आवद्ध हुनु अघि २९ वर्षीय मिडफिल्डर पोग्बाको यसै हप्ता स्वास्थ्य परिक्षण हुने छ । यस अघि सन् २०१६ मा युनाइटेडले पोग्बालाई युभेन्टसबाट कीर्तिमानी ८९ मिलियन पाउन्डमा भित्र्याएको थियो ।
पोग्बा फ्रि-ट्रान्सफरमा युभेन्टस जान लागेका हुन् । पोग्बाले क्लब छाड्ने बताएपछि युनाइटेड र पोग्बाबीच नयाँ सम्झौता हुन सकेको थिएन ।
युभेन्टसले बार्सिलोना तथा रियल म्याड्रिडविरुद्ध जुलाई २७ र ३० मा अमेरिकामा खेल्नु अघि नै पोग्बा क्लबमा आवद्ध हुने सम्भावना रहेको छ ।
यस अघि युभेन्टसले सन् २०१२-१३ तथा २०१५-१६ को इटालीको लिग जित्दा पोग्बाको महत्वपूर्ण योगदान रहेको थियो । अघिल्लो पटक युभेन्टका लागि खेल्दा पोग्बाले १ सय ७८ खेलमा ३४ गोल गरेका थिए ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया