ओलीले बैठक नबोलाए दाहाल पक्षले के गर्ला ?

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले सचिवालय बैठक नबोलाए के गर्ने भन्नेमा पुष्पकमल दाहाल पक्षधर अलमलमा परेका छन् । सत्तारुढ नेकपाभित्रको विवादले उग्र रुप लिएपछि दाहाल पक्षधर पाँच सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले दुई दिनअघि प्रधानमन्त्रीसँग भेटेर तत्काल सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए ।
उनीहरुले शुक्रबार पार्टी कार्यालयमा ओलीको कार्यशैलीविरुद्ध लिखित आग्रह गरेका थिए । उक्त बैठकमा गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा उपस्थित नभए पनि बहुमत सचिवालय सदस्य दाहाल पक्षमा रहेका थिए । दाहालसँग बहुमत रहेपछि प्रधानमन्त्री ओलीले आइतबार नेपाल र उनी निकट डा. भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बालुवाटार बोलाएर वार्ता गरेका थिए ।
प्रधानमन्त्रीले अझै बैठक नबोलाएकाले दाहाल पक्षधर के गर्ने भन्ने रणनीति तय गर्दैछन् । प्रधानमन्त्रीलाई दुई दिने अल्टिमेटम दिएकाले साँझसम्म पर्खने उनीहरुले बताए । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘केहीबेर पर्खने र छलफल गर्नेछौं । त्यसपछि के गर्ने निर्णय गर्नेछौं ।’
श्रेष्ठले प्रधानमन्त्रीले बैठक बोलाउनेमा आफूहरु आशावादी रहेको पनि बताए । ‘नबोलाए अर्को रणनीतिमा हामी अघि बढ्ने छौं,’ श्रेष्ठले इकागजसँग भने, ‘दलभित्रको समस्या समाधान गर्दै जानुपर्ने अवस्था छ ।’
नेकपा केन्दीय कमिटीको बैठक यही कात्तिक १५ गते बस्ने तय भएको थियो । तर नेताहरुबीच बढ्दो विवादका कारण केन्द्रीय कमिटी बैठक एक महिना पर धकेलिएको छ । यसको असर आगामी चैतमा गर्ने भनिएको नेकपाको एकता अधिवेशनसम्म पर्ने देखिन्छ ।

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आह्वान

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

पशु कल्याण ऐन चाँडै ल्याउने सरकारको प्रतिबद्धता

एकीकृत समाजवादीद्वारा नेत्री झाँक्रीलाई स्पष्टीकरण
पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाकर्मीको मात्र सुविधा लिने घोषणा

देशलाई अगाडि बढाउन नयाँ चरणको आन्दोलनको तयारी भइरहेको छः अध्यक्ष लिङ्देन

प्रतिक्रिया