संसद् बैठक रोकेर छलफलमा लागे सभामुख सापकोटा

काठमाडौँ- आज ११ बस्ने भनिएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन । सभामुख अग्नि सापकोटाको कार्यकक्षमा सबै दलका प्रतिनिधिहरुबीच छलफल भइरहेको छ ।
बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै नेकपा एमालेले छानबिनका लागि संसदीय समिति बनाउन माग गरेपछि अर्थमन्त्री जनार्दन शर्माले संसद्बाट आफ्नो धारणा राख्न खोजेका थिए । तर एमालेले संसद्मा मन्त्री शर्मालाई बोल्न नदिने भएपछि संसद् बैठक रोकेर छलफल गरेका हुन् ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहने सीसीटिभी फुटेज माग्दा १३ दिनको मात्र बाँकी रहने र अरु आफैं मेटिँदै जाने मन्त्रालयले जवाफ दिएको थियो ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया