बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

अर्थमन्त्री प्रकरण : छानबिन गर्न संसदीय समिति बन्‍ने, संसद् सचिवालयमा छलफल जारी

फाइल तस्बिर

काठमाडौँ  - अर्थमन्त्री प्रकरणमा छानबिन गर्न संसदीय समिति बन्ने भएको छ । बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत मान्छेलाई प्रवेश दिएर करका दर हेरफेर गरेको आरोप लागेपछि छानबिन गर्न संसदीय समिति बन्ने कांग्रेसका एक नेताले जानकारी दिए । उनकाअनुसार आज बिहान बालुवाटारमा भएको गठबन्धन दलका शीर्ष नेताको अनौपचारिक बैठकले समिति बनाउने सहमति गरेको उनले बताए । 

विगतमा पनि बजेट प्रस्तुत पूर्व नै लिक भएको विषयलाई लिएर संसदीय छानबिन समिति बनेकोले छानबिन समिति बन्नुपर्नेमा कांग्रेसले जोड दिएको थियो । आज बिहान गठबन्धनको अनौपचारिक बैठक बसेको थियो । 

अहिले संसद् सचिवालयमा केही मन्त्रीहरू र दलका सचेतकबीच अनौपचारिक छलफल चलिरहेको छ । अनौपचारिक बैठकमा समिति गठनबारे छ‍लफल भइरहेको संसद् सचिवालयले जनाएको छ ।