रेलको लिकमा अलपत्र वृद्ध दम्पत्तिलाई सहयोग गर्ने तीन नेपाली विद्यार्थी जापानमा सम्मानित

टोकियो - जापानमा रेलको लिकमा अलपत्र एक वृद्ध दम्पतीलाई लिक पार गर्न सहयोग गरेका नेपाली विद्यार्थी सम्मानित भएका छन् । जापानको हिरोशिमा प्रिफेक्चरको खाईतामा भन्ने ठाउँमा ७० वर्ष उमेरका दम्पत्ति रेलमार्गको ट्र्याकमा अलपत्र परेका थिए। उनीहरूले चिच्याउदैँ मद्दत मागेको देखेपछि पार्कमा बसिरहेका तीन जना नेपाली विद्यार्थी ज्यान जोखिममा राखेर रेलमार्ग बाहिर निकाल्न सहयोग गरेकोले प्रहरीले सम्मान गरेको जापानी सञ्चार माध्यमले समाचार छापेका छन् ।
यसरी सम्मानित हुनेहरूमा हिरोशिमाको खाईता सहरमा रहेको एक भाषा स्कुलमा जापानी भाषा अध्ययनरत नेपाली विद्यार्थीहरू सचिन, सुमन र निरज रहेको समाचारमा उल्लेख गरिएको छ।
तीनै जना नेपाली विद्यार्थीहरू हिरोशिमा प्रहरीद्वारा प्रशंसा पत्रसहित सम्मानित भएका हुन । जापानी समाचार माध्यमहरुले जनाएअनुसार जापानी भाषा अध्ययनका लागि यसै वर्षको मे महिनाको ९ तारिख मात्रै आएका विधार्थीहरू थिए ।
रेल निकै नजिक आइसकेको र उद्दारमा केही समय ढिला भएको भए पनि ज्यान जानसक्ने अवस्था समेत रहेको थियो । आफ्नो ज्यान जोखिममा राखेर सहयोग गरेको भन्दै धेरै जापानीहरूले धन्यवाद सहित नेपाल र नेपालीको प्रशंसा समेत गरेका छन् ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया