मकवानपुरबाट राष्ट्रिय परिचयपत्र बनाउन पनि अनलाइन फारम भर्नुपर्ने

मकवानपुर । राष्ट्रिय परिचयपत्र विवरण दर्ताको लागि मकवानपुर सेवाग्राहीले अनलाइन फाराम भर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको लिङ्क मार्फत अनलाइन फाराम भर्न भनिएको छ ।
सूचनामा अनलाइन फाराम भरिसकेपछि फारममा दिइएको मितिमा मात्र बायोमेट्रिकको लागि सक्कल कागजातसहित कार्यालयमा उपस्थित हुन उल्लेख गरिएको छ।
नेपाल सरकारले ई-पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै जिल्ला प्रशासन कार्यालयमा एकाबिहानैदेखि लाइन बस्नेहरुको घुइँचो लाग्ने गरेको थियो । अनलाइन फारम भर्नु पर्ने भए पछि कार्यालयमा हुने भिड कम हुने छ भने सेवाग्राहीले विभिन्न किसिमका सास्ती भोग्नु नपर्ने भएको छ ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया