रुट र बेयरस्टोको शतकमा भारतमाथि इंग्ल्यान्डको शानदार जित
काठमाडौँ – घरेलु टोली इंग्ल्यान्डले भातरविरुद्धको पाँचौ टेष्ट क्रिकेट ७ विकेटले जितेको छ । अन्तिम खेल जितेसँगै पाँच खेलको सिरिज २-२ को बराबरीमा टुंगिएको छ ।
जितका लागि चाहिएको ३ सय ७८ रनको लक्ष्य इंग्ल्यान्डले केवल ३ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डको जितमा जो रुट र जोन्नी बेयरस्टोले शतक पुरा गरे । रुटले अविजित १ सय ४२ रन जोड्दा बेयरस्टोले अविजित १ सय १४ रनको योगदान गरे । भातरका लागि जसप्रित बुमराहले २ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा रिषभ पन्तको १ सय ४६ रन तथा रविन्द्र जडेजाको १ सय ४ रनको मदतमा ४ सय १६ रन जोडेको थियो । इंग्ल्यान्डका लागि जेम्स एन्डरसनले सर्वाधिक ५ विकेट हात पारेका थिए ।
जवाफमा जोन्नी बेयरस्टोको १ सय ६ रन जोड्दा इंग्ल्यान्डले पहिलो इनिङ्समा २ सय ८४ रन जोडेको थियो । भारतका लागि मोहमद सिराजले सर्वाधिक ४ विकेट लिएका थिए ।
दोस्रो इनिङ्समा भने भारत २ सय ४५ रनमा समेटिएपनि इंग्ल्यान्डले ३ सय ७८ रनको विशाल लक्ष्य पाएको थियो । दोस्रो इनिङ्समा भारतका लागि चेतेश्वर पुजाराले सर्वाधिक ६६ तथा रिषभ पन्तले ५७ रनो जोडेका थिए । इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ४ विकेट हात पारेका थिए ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया