सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

अर्थमन्त्री बर्खास्तीकाे माग गर्दै युवा संघकाे प्रदर्शन (फोटो फिचर)

काठमाडौं- प्रमुख प्रतिपक्षी दल एमालेनिकट युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर रेट परिवर्तन गरेको भन्दै अर्थमन्त्री शर्मालाई बर्र्खास्त गर्न वा राजीनामा गराउन युवा संघले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो । 

प्रदर्शनमा उत्रिएका युवा संघका कार्यकर्ताहरूले ‘गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा’ लेखिएको प्लेकार्ड बोकेका थिए ।