दुई विधेयक प्रमाणीकरण

मकवानपुर - बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मंगलबार दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख शर्माले ‘‘आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ’’ र ‘‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ’’ प्रमाणीकरण गरेका हुन् ।
गते १६ असारमा बसेको बागमती प्रदेशसभाको बैठकबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम सभामुखबाट प्रमाणित विधेयकलाई प्रदेश प्रमुख शर्माबाट प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता समेत रहेका उपसचिव कृष्णप्रसाद आचार्यले बताए ।
आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई खर्च गर्न र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले राजश्व संकलनका लागि बाटो खोलेको प्रदेश प्रमुख कार्यालयका कानुन अधिृकत प्रकाश चापागाईँले बताए ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया