रौनकको प्रेममा सुपुष्पा

काठमाडौं : वर्षा सिवाकोटीपछि अर्की हिरोइन पनि प्रेममा परेको खबर छ । यी हिरोइन हुन्, सुपुष्पा भट्ट । ‘रणवीर’ फिल्मबाट रजतपटमा डेब्यू गरेकी सुपुष्पा ‘कबड्डी कबड्डी’ निर्माता रौनकबिक्रम कँडेलको प्रेममा परेकी हुन् ।
दुवै निटक स्रोतले दिएको जानकारी अनुसार सुपष्पा र रौनकले ६ महिनायता एकअर्कालाई डेट गर्दै आइरहेका छन् । इन्जिनियरिङकी विद्यार्थी सुपुष्पाले ‘रणवीर’बाट डेब्यू गरेयता ‘छ माया छपक्कै’ र ‘चपली हाइट ३’ मा अभिनय गरेकी थिइन् । जसमध्ये ‘छ माया छपक्कै’ प्रदर्शन भइसकेको छ भने ‘चपली हाइट ३’ प्रदर्शनको पालो कुरेर बसिरहेको छ ।
गतसाल यही समयमा प्रदर्शन हुन ठिक्क परेको फिल्म महामारीका कारण रोकिएको थियो । निर्माता अर्जुनकुमारले अब यो फिल्म दसैँको केही दिनअघि प्रदर्शन गर्ने बताएका थिए ।
रौनकले भने अब ‘ब्रम्हजंग’को भिडियो बनाउने चर्चा छ । ‘कर्णाली ब्लुज’ का लेखक बुद्धिसागरले लेखेको यो फिल्म महंगो भएका कारण बन्न नसकेको चर्चा थियो । यो फिल्मलाई अर्जुनकुमार र रामबाबु गुरुङ मिलेर बनाउन लागेका थिए ।
रौनकको नाम यसअघि भने बेनिशा हमालसँग जोडिने गरेको थियो । रौनक र बेनिशालाई थुप्रै पटक रात्रिक्लबका क्यामराले कैद पनि गरेका थिए । तर, सार्वजनिक रुपमा भने दुवैले आफ्नो सम्बन्ध सकारेका थिएनन् ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया