इंग्ल्यान्ड-भारत टेष्टः विश्वासकै भरमा ऐतिहासिक जित उन्मुख इंग्ल्यान्ड
बर्मिङ्घम - जब विश्वास नै तिम्रा लागि सबथोक छ, तिमीलाई केवल विश्वास चाहिन्छ ।
खासमा भारतविरुद्धको पाँचौ टेष्ट क्रिकेटमा पाहुना टोलीले जितका लागि दिएको ३ सय ७८ रनको लक्ष्य घरेलु टोली इंग्ल्यान्डले पुरा गर्न सक्छ भन्ने तर्क सामान्य हिसावले विश्वास गर्न नसकिने तथा हास्यास्पद कुरा झै लाग्न सक्छ ।
तर इंग्ल्यान्डले टेष्ट क्रिकेटमा नयाँ युगको सुरुवात गरेको तथा सफलता हासिल गरेको केवल पाँच हप्ता मात्र भएको छ र उसको नयाँ युगको सुरुवात न्यूजिल्यान्डविरुद्धको जितबाट भएको हो ।
न्यूजिल्यान्डविरुद्ध इंग्ल्यान्डको जितमा कोलिन डी ग्रान्डहोमको नो बल, घाइते कायल जामिसन, फ्ल्याट पीच तथा न्यूजिल्यान्ड पूर्णरुपमा ट्रेन्ट बोल्टमा पूर्णरूपमा भरपर्नु केही कारणहरू थिए ।
इंग्ल्यान्ड उत्कृष्ट थियो र न्यूजिल्यान्डले त्यसमा हौसला प्रदान गर्यो । तर भारत भने त्यस्तो अवस्था छैन, क्षमतावान, चतुर र राम्रो छ ।
तरपनि ।
इंग्ल्यान्डको यो टिमले यो देशको खेलको नसामा सकारात्मकता भरिदिएको छ । उनीहरूले एक चमत्कारिक यात्रामा सबैलाई लिएर गएका छन् र असम्भवलाई सम्भव मात्र होइन, सामान्य बनाएका छन् ।
एजब्यास्टनमा सोमबार ऐतिहासिक दिनझै रह्यो, बर्मिङ्घमले विश्वास गर्यो र इंग्ल्यान्डले आफ्नो टेष्ट इतिहासमा सबैभन्दा ठूलो जीतको सम्भावनालाई कायम राख्यो । सोमबारको खेल सकिदाँसम्म इंग्ल्यान्ड २५९-३ मा पुग्यो । टेस्टमा इंग्ल्यान्ड कीर्तिमानी लक्ष्य पछ्याउने र टेष्ट खेलको इतिहासमा नवौ ठूलो लक्ष्य पुरा गर्ने संघारमा पुगेको छ ।
यदि इंग्ल्यान्डले मंगलबार जित हात पार्न सके उसले इतिहास रच्नेछ । साथै इंग्ल्यान्डका उपलब्धिहरू जति प्रभावशाली छन् र उनीहरुका शब्दहरू लोभलाग्दा छन्, यसले विश्वासको सीमालाई अझ विस्तार गर्नेछ ।
प्रशिक्षक ब्रेन्डन म्याकुलम र कप्तान बेन स्टोक्सले सकारात्मकतालाई पूजा गर्न प्रोत्साहित गरेका छन्, तर यसलाई स्वतन्त्र रूपमा स्वीकार गर्न अझै गाह्रो छ । किनभने टिममा अधिकांश उही समूहका खेलाडीहरू छन् जसले विगत १८ महिनामा १७ खेल मध्ये केवल १ खेल जितेको थियो ।
साथै इंग्ल्यान्डको टिममा गरिएको आशाको लगानीको प्रतिफल स्वरुप पीडा, दु:ख र निराशा मात्र फिर्ता भएको थियो ।
तर टिमको अनुशासनले विश्वास जनाएको छ । यसै साता मात्र सहायक प्रशिक्षक पल कलिङउडले चौथों इनिङ्समा लक्ष्य पछ्याउदा इंग्ल्यान्ड डराएको छैन ।
जेम्स एन्डरसनले आक्रमकता इंग्ल्यान्डको रक्षाको उत्कृष्ट रूप हुने बताइरहँदा र जोनी बेयरस्टोले लक्ष्यलाई पुरा गर्ने दावी गरे ।
(बीबीसीका लागि स्टेफन शेमिल्टले लेखेको आलेखको भावानुवाद)
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया