मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

बलात्कार आरोपमा प्रिमियर लिगका एक खेलाडी पक्राउ

काठमाडौँ – इंग्लिस प्रिमियर लिगका एक खेलाडी बलात्कार आरोपमा उत्तरी लन्डनबाट पक्राउ परेका छन् । टेलिग्राफले जनाए अनुसार २९ वर्षीय खेलाडीलाई सोमबार पक्राउ गरिएको हो । तर उनको नाम भने खुलाइएको छैन । 

२० वर्षभन्दा कम उमेरकी एक युवतीलाई बलात्कार गरेको आरोप उक्त खेलाडीमाथि लागेको छ । बलात्कारको घटना गत महिना भएको बताइएको छ । 

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।