अमेरिकी विदेश मन्त्रीले पत्रकार पर्लका परिवारलाई भेटे

काठमाडौँ : अमेरिकाका विदेश मन्त्रीले एन्टोनी ब्लिंकनले दुई दशक अघि पाकिस्तानको कराचीमा हत्या गरिएको पत्रकार डेनियल पर्लका परिवारलाई भेटेर न्याय दिलाउने आश्वासन दिएका छन् । वाल स्ट्रिट जरनलका ब्युरो चिफ पर्लको रिपोर्टिङका क्रममा सन् २००२ मा पाकिस्तानको कराचीमा हत्या गरिएको थियो ।
पाकिस्तानी पुग्तचर निकाय आइएसआई र आतंकवादी संगठनहरूको सम्बन्धबारे समाचार संकलन गर्दै रहेका पत्रकार पर्ललाई आतंकबादीहरूले अपहरण गरेका थिए । उनी अपहरण परकेको केही दिनमा बर्वर रुपमा उनको टाउको काटेर हत्या गरेको थियो ।
हत्या आरोपी ब्रिटिस नागरिक समेत रहेका अल कायदाका आतंवादी अहमद उमर सईद शेखलाई अमेरिकी दबाबका कारण पाकिस्ताले जेलमा राखे पनि अदालती प्रक्रिया अगाडि नबढ्दा अझैसम्म कुनै सजाय हुन सकेको छैन । अमेरिकाले अहिले शेखलाई कडा सजाय दिनुपर्ने बताएको छ । विदेशमन्त्री ब्लिंकनले शेखलाई कडा सजाय दिँदै पर्लको परिवारलाई न्याय दिनुपर्ने बताए ।
हुनत पर्लको हत्याअघि नै आतंककारी शेख भारतीय जेलमा थिए । तर, सन् १९९९ मा काठमाडौँबाट भएको इण्डियन एअरलाइन्स बिमान अपहरण विमानमा रहेका १ सय ५० यात्रुलाई छोड्ने सर्तमा शेख सहित जैश ए मोहम्मदका प्रमुख मसूद अजहर र मुश्ताक अहमद जरगरलाई कान्दाहार (अफगानिस्थान)मा रिहा गरेका थिए । त्यसपछि उक्त संगठन झनै उग्र बन्दै गएको थियो ।
त्यसको तीन वर्षपछि रिपोर्टिङको क्रममा रहेका पत्रकार पर्लको बर्वर रुपमा हत्या भएको थियो । उनी अमेरिकाको न्यूजर्सीमा जन्मेका पत्रकार थिए । उनको ३९ वर्षको उमेरमा हत्या भएको थियो । फेब्रुअरी १, २००२ मा हत्या भए पनि उनको शव भने साढे तीन महिनापछि मात्र भेटिएको थियो । उनै पत्रकारको परिवारले लगातार न्यायको माग गर्दै आएका थिए । त्यही मागको सिलसिलामा परिवारको सदस्यलाई भेट्दै विेशमन्त्रीले न्याय दिलाउने बताएका हुन । (अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

प्रतिक्रिया