थप २ हजार ५७१ जनामा कोभिड संक्रमण पुष्टि, १८ जनाले ज्यान गुमाए

काठमाडौँः पछिल्लो २४ घण्टामा दुई हजार ५७१ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर ३६ हजार १ सय ७४ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १८ जना कोभिड संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ । सोमबार कोभिडबाट १७ जनाले ज्यान गुमाएका थिए । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १ सय २६ पुगेको छ ।
क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या ९ सय ६७ रहेको मन्त्रायले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार देशभर एक हजार ७ सय ९८ जना कोभिड संक्रमणमुक्त भएका छन् । योसँगै एक लाख ५९ हजार ७ सय २४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया