एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप ओम्नी च्यानलमा अपग्रेड

काठमाडौँ- डिजिटल बैंकिङमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस एन आई सी एशिया बैंकले ओम्नी च्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एप (एनआईसी एशिया मोबैंक) को शुभारम्भ गरेको छ ।
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले यस ओम्नी च्यानल मार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहकहरूलाई लक्षित गर्दै यो नयाँ सेवाको शुभारम्भ गरेको हो ।
हालका एनआईसी एशिया मोबैंक प्रयोगकर्ताहरूले वर्तमान एनआईसी एशिया मोबैंक एपलाई अपडेट गरी ओम्नी च्यानलमा स्तरोन्नति गर्न सक्नेछन् ।
‘सबथोक यसमै छ’ भन्ने नाराका साथ सुरु गरिएको ओम्नी च्यानलबाट ग्राहकहरूले अधिकतम बैंकिङ्ग सेवाहरू सहज एवं सरल रुपमा उपभोग गर्न र निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत दिन तयारी बैंकले गरिरहेको छ ।
स्तरोन्नति पश्चात् यस एपबाट नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिने देखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा लिन लगातका धेरै भन्दा धेरै बैंकिङ्ग सेवाहरू ओम्नी च्यानल मार्फत डिजिटल प्राप्त गर्न सक्नेछन् । साथै, यस बैंकमा खाता नहुनेले पनि यस एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सक्नेछन् । जसबाट समेत क्यूआर भुक्तानी, युटिलिटी बिल भुक्तानी लगायत अनेकौं सेवा लिन सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त वालेटमा केवाइसी अद्यावधिक गरेपश्चात् भने सो वालेट प्रयोगकर्तालाई बैंकको खातावाला बन्न समेत सकिने व्यवस्था रहेको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया