हेटौंडाको नीति तथा कार्यक्रम र अर्थ विधेयक सर्वसम्मत्बाट पारित

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति कार्यक्रम र बजेट अर्थ विधेयक २०७९ र बिनियोजन विधेयक २०७९ सर्वसम्मत पारित भएको छ ।
आज बसेको नगरपालिकाको एघाराैं अधिवेशनकाे तेस्रो बैठकले नीति कार्यक्रम र बजेट अर्थ विधेयक २०७९ र बिनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको हो।
उपमहानगरपालिकाले गत १२ असरमा नीति तथा कार्यक्रमहरु र सोको कार्यान्वयनका लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८२० रुपियाँ बजेट सार्वजनिक गरेको थियो ।
नगरको विकासको लागि विभिन्न ठूला तथा साना अधुरा योजनाहरु, नयाँ योजनाहरु सम्पन्न गर्न तथा अगाडि बढाउन अब बाटो खुलेको छ । विनियोजन विधेयक पारित भएसँगै अब नगरको विकासले रफ्तार लिने नगरप्रमुख मीना कुमारी लामाले बताइन् । “जनताको हितमा जनताले चाहेको विकास अब अघि बढ्ने छ” उनले संक्षिप्त प्रतिक्रिया दिंदै भनिन् ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया