फेरि मन्त्रिमण्डल पुनर्गठन : जसपाबाट तीन मन्त्री फेरिए (सूची)
४ बजे शपथ हुने

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री हेरफेर गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले तीन जना मन्त्री नियुक्त गरेकी हुन् । जसपाबाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो ।
जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । महिन्द्राराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादवलाई हटाएर उनीहरूलाई नियुक्त गरिएको हो ।
नवनियुक्त मन्त्रीहरूको सोमबार अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथग्रहण हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षमा छैटौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
केही दिनअघि नेकपा एसले पनि पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्री हेरफेर गरेको थियो ।

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

प्रतिक्रिया