इन्डोनेसियामा बाढी र पहिरो : मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

जाकार्ता : इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको त्यहाँको प्रशासनले आइतबार जनाएको छ ।
इनडोनेसिया विपत् व्यवस्थापन निकाय, ‘रादिति अ जाती’,का प्रवक्ताले राडित्य जातीले देशको पूर्वी क्षेत्रस्थित नुसा टेङ्गरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको पुष्टि गर्नुभयो ।
यसपहिले प्राप्त विवरणमा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा २० रहेको र पाँच वेपत्ता भएको उल्लेख गरिएको थियो ।
स्थानीय समयअनुसार बिहानै १ बजेतिर यो प्राकृतिक प्रकोपको घटना भएको बताइएको छ । कार्यालयका प्रवक्ता राडित्य जातीले जानकारी दिए ।
बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ ।
घटनामा परी घाइते भएकालाई स्थानीय अस्पतालमा उपचार गराइएको प्रवक्ता जातीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
यसैबीच, इन्डोनेसियाको पश्चिम जाभाको समुद्री क्षेत्रमा शनिबार साँझ एउटा माछा मार्ने डुङ्गा ठूलो पानीजहाजमा ठोक्किएर भएको दुर्घटनामा १७ जना हराइरहेका छन् ।
बान्डुङ उद्धार एजेन्सीका प्रवक्ता सेनी उलानडारीले १५ जनालाई उद्धार गरिएको र हराइरहेका अरु १७ जनाको खोजीकार्य जारी रहेको बताए । (सिन्ह्वा)

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

प्रतिक्रिया