मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

कतारी राजदूत युसुफद्वारा अर्थमन्त्री शर्मालाई विश्वकप हेर्न निम्तो

काठमाडौँ- नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले अर्थमन्त्री जनार्दन शर्मालाई कतारमा हुने फिफा फुटबल विश्वकप हेर्न निम्तो दिएका छन् । 

राजदूत युसुफले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटका क्रममा आफूलाई विश्वकप हेर्नका लागि निम्तो दिएको शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । 

कतारले यसै वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म फिफा विश्वकप आयोजना गर्दैछ ।