कृषि पेशालाई आधुनिकीकरणतर्फ विकास गराउन किसानलाई हाते ट्याक्टर

काभ्रे । बनेपा नगरपालिकाले कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन कृषकलाई १ सय ६ वटा हाते ट्याक्टर वितरण गरेको हो ।
श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । बनेपा नगरपालिकाले कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यले बताए ।
बनेपा नगरपालिकाका नगरप्रमुख शाक्यले ट्याक्टर वितरण गर्दै छिटो छरितो बेमौसमी खेती गर्ने कृषकलाई ट्याक्टर महत्वपुर्ण हुने बताए । उनले विगतका दिनमा केहि केहीले अनुदानमा ट्याक्टर लिएर बेच्ने भन्ने कुरा सुनेकाले त्यस्तो नगर्न अनुरोध गर्दै नगरपालिकाले सहुलियत अनुदानमा ट्याक्टर लिएको घर घरमा पुगेर अनुगमन गर्ने बताए ।
परम्परागत रुपमा खेती गरिने स्थानमा पावर टेलर प्रयोग गर्दा सजिलो र काम छिटो छरितो होस भनेर पावर टेलर वितरण गरेको उनको भनाइ छ । ५० प्रतिशत सहुलियत अनुदानमा ट्याक्टर पाएपछि कृषकहरु हर्षित भएका छन् ।

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सकियो

आलु बिक्री गर्न कोसेली घर संचालन

पानी अभावले रोपाइँ हुन सकेन

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

प्रतिक्रिया