‘कलाकर्मी डाइजेष्ट’ को विमोचन, पाँच व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान’

काठमाडौं– कलाकर्मी मिडिया म्यानेजमेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको शनिबार काठमाडौंको पुरानो बानेश्वरस्थित लोकल सेकुवा रेस्टुरँ“मा आयोजित एक समारोहमा विमोचन गरिएको छ ।
काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, वरिष्ठ कलाकार हरिहर शर्मा, अभिनेता भुवन केसी आदिले पत्रिकाको विमोचन गरेका थिए ।
कलाकर्मी मिडिया म्यानेज्मेन्टका लागि पत्रकार कृष्ण भट्टराईद्वारा प्रकाशित उक्त पत्रिकाको सम्पादकमा बबिता ढकाल हुन् । ६८ पृष्ठको उक्त पत्रिका हरेक महिना प्रकाशित हुनेछ ।
राजनीति, मनोरञ्ज, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद, आर्थिक आदि क्षेत्रका विषयवस्तुहरु समेटिएको कलाकर्मी डाइजेस्ट पत्रिकाको विमोचन गर्दै काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले छापा माध्यमको गति कम भैरहेको अवस्थामा प्रकाशनमा आएको यो पत्रिकाले समाजलाई नया“ दिशा दिने धारणा व्यक्त गर्नु भएको ।
समारोहमा उपमेयर डंगोलसहितका व्यक्तित्वले विभिन्न क्षेत्रमा अतुलनिय योगदान पु¥याउने पा“च जना व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान २०७९’ सम्मानित गरेकी थिइन् । त्यसक्रममा वरिष्ठ कलाकार हरिहर शर्मा, शिक्षासेवी उत्तमकुमार सञ्जेल, सामाजिक अभियन्ता ताराबहादुर कु“वर, समाजसेवी तिलबहादुर कार्की तथा गीतकार अम्बिका गुरुङलाई नगद ५ हजार ५ सय ५५ रुपैया“ नगदसहित ‘कलाकर्मी सम्मान–२०७९’ द्वारा सम्मानित गरिएको हो ।
सम्मानित व्यक्तित्वको तर्फबाट आफ्नो धारणा व्यक्त गर्दै वरिष्ठ कलाकार हरिहर शर्माले कलाकारले कहिले पनि सम्मानका लागि काम नगर्ने तर यसरी अप्रत्यासित रुपमा सम्मानित हुन पाउ“दा सधैं गौरवको महसुस हुने धारणा व्यक्त गर्नु भयो ।
समारोहमा कलाकर्मी डाइजेस्टका प्रकाशक कृष्ण भट्टराईले विषम परिस्थितका बीच पत्रिकाको प्रकाशन प्रारम्भ गरेर पाठकलाई छापामाध्यमतर्फ पुनः आकर्षित गर्ने प्रयास गरेको बताउनु भयो । कलाकर्मी डाइजेस्टकी सम्पादक बबिता ढकालले छापा माध्यमको महत्व कहिले पनि नघट्ने भएकाले यो पत्रिकाका प्रकाशनमा आएको बताइन् ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_KZ6Wiw4RBb_pm1uac0hnder4iee2uy66lpgkvdwdm0astxpkhb1jhndji65rxe8h8garlna.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया