सरकार-थारु कल्याणकारिणी सभाबीचको वार्ता सहमति उन्मुख

काठमाडौँ : सरकार र थारु कल्याणकारिणी सभाबीचको वार्ता सहमति उन्मुख रहेको बताइएको छ । आज आइतबार भएको छलफल पछि सहमति नजिक पुगिएको सरकारी वार्ता टोलीका सदस्य एवम् प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहका राजन भट्टराईले बताए । ‘नेपाल सरकार र थारू कल्याणकारि सभा संघर्ष समितिसँग आज दोस्रो चरणको वार्ता सम्पन्न भयो । वार्ताका क्रममा संघर्ष समितिले राखेका मागहरूका बारेमा थप ब्याख्या र छलफल भयो,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘ वार्ता सहमति उन्मुख रहेको र अर्को चरणको वार्ता निकट भविष्यमा फेरि बस्ने गरि आजको बैठक सम्पन्न भयो ।’
विभिन्न थारु संघ संगठनहरुले निलम्बित सांसद रेशम चौधरीको रिहाइलगायतका माग राखेर आन्दोलन गरेपछि सरकारले उनीहरुसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता समिति बनाएको छ । सरकारी वार्ता टोलीमा गृहमन्त्री थापासँगै भट्टराई र पूर्वसासंद भगवती चौधरी सदस्य रहेका छन्।
थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेको वार्ता टोली रहेको छ। थरुहटसँगको वार्ता सकरात्मक भए जनता समाजवादी पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सहयोग गर्ने पनि बुझिएको छ ।
नेपाल सरकार र थारू कल्याणकारि सभा संघर्ष समितिसँग आज दोस्रो चरणको वार्ता सम्पन्न भयो । वार्ताका क्रममा संघर्ष समितिले राखेका मागहरूका बारेमा थप ब्याख्या र छलफल भयो । वार्ता सहमति उन्मुख रहेको र अर्को चरणको वार्ता निकट भविष्यमा फेरि बस्ने गरि आजको बैठक सम्पन्न भयो ।
— Rajan Bhattarai (@Rajanktm) April 4, 2021

अहिलेकै नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री राणा

उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन

लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ: प्रधानमन्त्री ओली

कुलिङ पिरियडको प्रावधानप्रति राष्ट्रियसभा अध्यक्ष दाहालले गराए ध्यानाकर्षण

कुलिङ पिरियडबारे समिति पछि हट्दैन : सभापति खतिवडा

विपद्का समयमा पब्लिसिटी खोज्नेहरुका कारण राहत र उद्धारमा समस्याः सभापति शेर्पा

प्रतिक्रिया