हेटाैंडामा कवि तीर्थका कविता साँझ

मकवानपुर- हेटौंडामा वरिष्ठ कवि तीर्थ श्रेष्ठका एकल कविता साँझ आयोजना गरिएको छ। नेपाली लेखक संघ मकवानपुरको आयोजनामा कवि श्रेष्ठको एकल कविता साँझ आयोजना भएकाे हो ।
कार्यक्रममा कवि श्रेष्ठले दर्जनौं कविता, गजल तथा मुक्तक प्रस्तुत गरेका थिए । पोखरामा जन्मिएका वरिष्ठ कवि श्रेष्ठ नेपाली काव्य क्षेत्रका परिचित नाम हो । उनले कविता मात्रै होइन गीत, गजल र मुक्तक क्षेत्रमा पनि कलम चलाएका छन् । कवि तिर्थ श्रेष्ठले आफू कोमल कविताको पक्षपाती रहेकाे बताए । कविता लेख्नु र राजनीति गर्नु दुबै कठिन हुने उनकाे भनाइ थियाे ।
कवि श्रेष्ठले आफ्नो कविता बाचन गर्नु पूर्व साहित्यकार तथा प्राध्यापक निमेष निखिलले कवि श्रेष्ठको व्यक्तित्व र कृतित्वकाे चर्चा गरेका थिए । कवि तथा संस्कृतिकर्मी श्रेष्ठको भनाइमै कविताकाे गहन भाव लुकेकाे हुने उनले बताए । 'सरलताभित्र गहनता उनकाे अर्काे विशेषता हाे,' निखलले भने । तरलवाद आन्दोलनका अभियान्ता श्रेष्ठबारेमा समकालीन कविहरूले तरलताकाे सरलता, सरलताकाे तरलता भन्ने गरेकाे उनले जनाए ।
मकवानपुरमा साहित्य कार्यक्रमहरूलाई थप चलायमान बनाउन कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम गरिएको नेपाली लेखक संघका अध्यक्ष छवि अनित्यले बताए । कवि श्रेष्ठले लेखेको चर्चित कविता आमा नेपथ्यका अमृत गुरुङले गाएका छन् । आमा, हिउँमा लेखिएका नामहरू, लाहुरे फूल म तिम्रो नाम फेर्न चाहान्छु म मुक्तिनाथ तिमिसँग भेटिएकाे दिन धर्मग्रन्थ बाघ लगायतका दर्जनौं कविताहरू कवि श्रेष्ठका चर्चित कविताहरू हुन् । तिनै कविताहरू आज सुनाइएका थिए । कविता बाचनकाे समयावधि भर मकवानपुरे संगीतकार पूर्ण विक्रम अधिकारीले श्रेष्ठलाई पार्श्व संगीतमा साथ दिएका थिए ।
कवि तीर्थ श्रेष्ठको पछिल्लो चर्चित कविता संग्रह धर्सैधर्साको चक्रव्यूह नेपाली साहित्यको सर्वाधिक प्रसिद्ध पुरस्कार मदन पुरस्कारका लागि गुठीले २०७६ मा मनोनयन गरेको थियो । कार्यक्रममा मकवानपुर अग्रज स्रष्टा तुल्सी थापा लगायत मकवानपुरका साहित्य सांगितिक क्षेत्रका व्यक्तिहरुकाे उपस्थिती रहेको थियो ।
यसैगरी मकवानपुरको हेटौंडामा पोखराका कवि अमृतको कविता कृति 'एकान्त भिड' शनिबार वाचन तथा विमर्श गरिएको छ । नेपाली लेखक संघ मकवानपुरको आयोजनामा भएको कार्यक्रममा कवि तथा समिक्षक घनश्याम घिमिरेले कवि अमृतको कृतिबारे चर्चा तथा परिचर्चा गरेका थिए ।
कवि अमृतले कृतिभित्रका ५ वटा कविताहरू वाचन गरेका थिए । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले जानकारी दिए । कविता संग्रह 'एकान्त भिड'मा ८० वटा कविता समेटिएका छन् ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_KZ6Wiw4RBb_pm1uac0hnder4iee2uy66lpgkvdwdm0astxpkhb1jhndji65rxe8h8garlna.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया