वर्षाले प्रांगण भासिँदा मन्दिर जोखिममा

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीस्थित कालिका भगवती मन्दिरको प्रांगण भासिएको छ । शुक्रबार राती परेको भारी वर्षाको कारण मन्दिरको प्रांगण भासिएर धाँजा फाटेको हो ।
मन्दिरको पेटीमुनिबाट करिब ३० मिटर लम्बाई भएर चिरा परेर चर्किएपछि जोखिम बढेको पुजारी नवराज घिमिरेले बताए । २०७३ सालमा लगाइएको टेवा पर्खालमाथि फिलिङ गरिएको माटो भासिँदा मन्दिर जोखिममा परेको छ । यसअघि सामान्य चर्किएको मन्दिरको प्रांगण एकै रातको वर्षाले भासिएर चिरा परेर फाटेको लफ्याङका वडा सदस्य गोविन्दबहादुर कट्वाल बताउँछन् ।
फिलिङ माटो भासिँदा टेवा पर्खाल र पर्खालमुनिको ताकिल समेत भासिएको छ । निर्माण लगत्तै चिरा परेको टेवा पर्खाल वर्षाका कारण थप फाटेको स्थानीय बताउँछन् । वर्षाको पानीलाई चिरा परेको ठाउँबाट अन्यत्र पठाउने व्यवस्था नमिलाए मन्दिर आसपासको चर्किएको भागबाट पहिरो जाने खतरा बढेको छ । मन्दिरको प्रांगणबाट तल चिरा परेपछि पूजापाठमा पुगेका दर्शनार्थीले त्रास मानिरहेका छन् । दिक्तेल बजारबाट पैदल ४५ मिनेटमा पुगिने मन्दिरमा दर्शन गर्न र भाकल पूरा गर्नेको दैनिक भीड लाग्ने गरेको छ । मन्दिरमा दैनिकजसो बाख्राको पाठी बली दिने गरिन्छ ।
चारैतिर हरियाली जंगलले घेरिएको गढीमा घुमफिर गर्ने, पिकनिक जाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा सांगीतिक कार्यक्रम गर्नेसम्मका स्थानीय पुग्ने गरेका छन् । गढीमा हरेक वैशाख पूर्णिमाको दिन राई समुदायले पूजा गर्दै साकेला नाच्ने प्रचलन छ । अग्लो डाँडा भएका कारण टाढा-टाढाका दृश्यावलोकनका लागि समेत स्थानीय मझुवागढी उक्लिने गरेका छन् ।

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

प्रतिक्रिया