माओवादी छोडेर एमाले बनेका दुई सांसदलाई पदबाट हटाउन दाहालको पत्र

बुटवल : नेकपा एमालेमा लागेका दुई प्रदेश सभा सदस्य (सांसद)लाई माओवादी केन्द्रले कारबाही गरेको छ । रूपन्देहीबाट निर्वाचित प्रदेश सभाको अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपाने र गुल्मीबाट निर्वाचित दिनेश पन्थीलाई कारबाही गरेको पत्र माओवादीले आइतबार प्रदेशसभा सचिवालयमा बुझाएको हो । प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले प्रदेशसभा सदस्यद्वय न्यौपाने र पन्थीलाई माओवादी केन्द्रले कारबाही गरेको पत्र प्राप्त भएको जानकारी दिए ।
त्यससँगै उनीहरूको सांसद पद नियमावली बमोजिम रिक्त रहने छ । प्रदेश सभाको बैठक सोमबार बस्दैछ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेताद्वय पन्थी र न्यौपाने प्रधानमन्त्री ओलीको पक्षमा उभिएका थिए । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पनि उनीहरू माओवादीमा नफर्किएर एमालेमै रहने बताउँदै आएका थिए । माओवादी केन्द्रले पार्टीमा फर्किन न्यौपाने र पन्थीलाई २४ घण्टे स्पष्टीकरण सोधे पनि उनीहरूले आफूहरू एमालेमै रहने निर्णयमा पुगेकाले स्पष्टीकरणको जवाफ दिनु नपर्ने बताएका थिए ।
माओवादी केन्द्रका प्रमुख सचेतक वसन्त घर्ती मगरले स्पष्टीकरणको जवाफ नआएपछि सांसदद्वय न्यौपाने र पन्थीलाई कारबाही गरिएको बताए । लुम्बिनी प्रदेशको कुल ८७ सांसदमध्ये माओवादी केन्द्रका २० सांसद छन् । तीमध्ये दुईजना एमालेमा लागेपछि अब माओवादी केन्द्रसँग लुम्बिनी प्रदेशसभामा १८ सांसद कायम रहनेछन् । न्यौपानेले आफू वैचारिक रूपमै एमालेमा लागेको भन्दै अब सांसद पद गए पनि माओवादीमा नजाने बताउदै आएका छन् ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया