शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

ऐन महरले मागे तीन नेतासँग २४ घण्टे स्पष्टीकरण

काठमाडौँ  : सत्तारुढ नेकपा एमालेभित्रको विवाद भ्रातृ संगठनहरूमा पनि देखिन थालेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई कारबाही गरेकै शैलीमा अनेरास्ववियुका अध्यक्ष ऐन महरले पनि नेपाल समूहका तीन नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।   आज आइतबार अध्यक्ष महरले निवर्तमान सचिव सुदेश पराजुली, वसिम आलम र आरती लामालाई स्पष्टीकरण सोधेका हुन् ।  

नेपाल समूहले आफू निकटको अखिलको अध्यक्षमा पराजुली, आलम सहअध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो । महरले स्पष्टीकरण पत्र नपठाएर कडा कारबाही गर्ने महरले चेतावनी दिएका छन् ।  महरले संगठनको नाम र झण्डा दुरुपयोग गरेको आरोप नेपाल समूहका विद्यार्थीहरूमाथि लगाएका छन् ।