व्यस्त सहरमा मस्त गोधुली साँझ (फोटो फिचर)

काठमाडौँ- भीडभाड, भागदौड अनि व्यस्त जिन्दगीदेखि आरामको लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीको सायदै होला । किनभने जहिल्यै र जताततै कामै कामको चाप हरेक राजधानीवासीको जीवनमा हुन्छ । त्यही कामको चापले नै होला एक सहरीयाले अर्को सहरीयालाई चिन्दैन र वास्ता गर्दैन पनि । तर यही व्यस्त सहरमा समय निकाल्ने हो भने मस्त हुन सकिन्छ ।
साँझपख कौसीमा टहलिने मात्र हो भनेपनि गोधुली साँझको भरपुर मज्जा लिन सकिन्छ । भरियाको दिनभरको थकान मेटाउने बेला, सबै पेशा व्यवसायीहरुको विश्राम लिने बेला, बालबालिकाहरु खेल्दै र रमाउँदै गल्लीहरुमा हसिलो अनुहार देखिने बेला, मठ–मन्दिरमा आरती, पूजापाठ र दियोको उज्यालो र गोधुली साँझमा रमाउँदाको मज्जा नै बेग्लै हुन्छ । यो बेला केही समय निकालेर टहलिने हो भने छुट्टै आनन्द हुन्छ । जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रंगीन बन्छ । नीलो आकाशमा रातो अनि पहेलो रङ्ग भरिन्छ ।
चराचुरुङ्गीका मधुर आवाज पनि कहीँकतै सुन्न सकिन्छ, सडक छेउका बस्ती बाहेक । आजभोलि सूर्यास्तसँगै राजधानीका गोधुली साँझहरु रंगीन छन् । सूर्योदय र सूर्यास्त हेर्न नगरकोट र सराङकोट धाउने राजधानीवासीले फुर्सद निकालेर कौसीमा बस्ने मौका निकाल्न हो भने भरपुर आनन्द लिन सकिन्छ । हल्का बादल भएको बखत दक्षिणी क्षितिज पहेँलो अनि रातो हुन्छ । बादल फाटेको साँझ सूर्यास्त हेर्न रमाइलो हुन्छ । पछिल्लो समय निरन्तरको झरिका कारण प्रदूषण हटेको छ ।
सहरका अग्ला भूभाग भक्तपुर,कपनजस्ता ठाँउबाट साँझको सूर्यास्त हेर्न लालयित बन्छन् हरेक नयनहरु । दिउँसोको उज्यालो त सबैले हेर्छन् तर साँझको गोधुली उज्यालोमा पनि काठमाडौँ उपत्यका त्यत्तिकै सुन्दर देखिन्छ ।
तस्बिर : न्युज एजेन्सी नेपाल

अवैध लागूऔषधसहित १० जना पक्राउ

खोलामा डुबेर दुई किशोरको मृत्यु

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

आजको मौसमः आज पनि पाँच प्रदेशमा पानी पर्ने

९५ लाखसहित चार जना पक्राउ

प्रतिक्रिया