सासु ससुरालाई खुकुरी प्रहार

सुर्खेत : दैलेखको नौमुले गाउँपालिका-३ कालीकास्थित स्यालाका २८ वर्षीय अनराम रोका मगरले आफ्नै सासु ससुरालाई खुकुरी प्रहार गरेका छन् । मदिरा सेवन गरेका उनले आफ्नै सासु ससुरालाई खुकुरी प्रहार गरेका हुन् । ५५ वर्षीय ससुरा भविलाल रोका मगर र ५२ वर्षीय सासु लालसरी रोका मगरलाई उनले खुकुरी प्रहार गरेको दैलेख प्रहरीले जनाएको छ ।
आफ्नी श्रीमतीलाई चार/पाँच महिनादेखि माइतीमा बसालेको भन्दै अनरामले सासु ससुरालाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुप श्रेष्ठले जानकारी दिए । खुकुरी प्रहारबाट घाइते भएका भविलाल र लालसरीलाई उपचारका लागि अस्पताल पठाइएको छ । डिएसपी श्रेष्ठका अनुसार खुकुरी प्रहार गर्ने अनरामलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया