शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

सर्वोच्चमा सिफारिस न्यायाधीशको संसदीय सुनुवाइ बैशाख ३ गते हुने

काठमाडौँ : सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका न्यायाधीशहरुको सुनुवाइ आगामी बैशाख ३ गते हुने भएको छ । आइतबार समितिले उजुरीकर्तासँग छलफल गर्दै न्यायाधीश सिफारिस गरिएका नहकुल सुवेदी र कुमार चुडालको संसदीय बैशाख ३ गर्ने समितिले निर्णय गरेको हो ।

दुई जना न्यायाधीशमाथि ७ वटा उजुरी परेको समिति सभपाति लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले केही उजुरीकर्तासँग छलफल भएको र केही प्रमाणबारे बुझेको जानकारी दिए । 

न्यायाधीशमा सिफारिस सुवेदीको योग्यतासम्बन्धी विवादलाई लिएर सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा चैत ३० गते फैसला आउने छ । समितिले सर्वोच्चबाटै उक्त विषयमा फैसला भएपछि मात्र सुनुवाइ प्रक्रिया अघि बढाउने गरी अर्को बैठक वैशाख ३ गतेका लागि तोकेको समितिले जनाएको छ ।