श्रीमानकाे सम्झनामा क्याम्पसलाई १ कराेड बढीकाे भवन र छात्रवृत्ति काेष

सुर्खेत । वीरेन्द्रनगरकी कमला मल्लले आफ्ना स्वर्गीय पति भीमबहादुर मल्लको नाममा बहुमुखी क्याम्पसमा भवन निर्माण गरिदिएकी छिन् ।
उनले क्याम्पसलाई सहयोग स्वरुप ‘भीम कमला शैक्षिक भवन’ निर्माण गरिदिएकी हुन् । एक वर्ष लगाएर निर्माण सम्पन्न उक्त भवन शुक्रबार एक कार्यक्रमकाबीच शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवको सहभागितामा क्याम्पसलाई हस्तान्तरण गरिएको छ ।
मल्लले २५ लाख १ हजारको भीमकमला मल्ल छात्रवृति अक्षय कोषसमेत स्थापना गरेकी छन् । क्याम्पसका प्रमुख माधवप्रसाद खनालले शैक्षिक भवन निर्माणका लागि ७८ लाख २८ हजार ८८२ रुपैयाँ लागत लागेको बताए ।
क्याम्पसका लागि मल्लले १ करोड ३ लाख २९ हजार ८८२ रुपैंया दान स्वरुप प्रदान गरेकी थिइन् । खनालका अनुसार भवन निर्माणका लागि जग्गा भने क्याम्पसले नै उपलब्ध गराएको थियो ।
आज एक कार्यक्रमका बीच राज्यमन्त्री यादवद्धारा भवनकोे उद्घाटन एवं हस्तान्तरण गरिएको छ । दान स्वरुप भवन निर्माण गरेको भन्दै धन्यवाद दिइन् । शिक्षा क्याम्पसका प्रमुख माधव प्रसाद खनालले क्याम्पसले थुप्रै आर्थिक संकटका आरोह–अवरोह भोग्दै आएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न आवश्यक रहेको औल्याए । यद्यपि यो क्याम्पस राज्यबाट उपेक्षामा पर्दै आएको प्रति उनले चिन्ता व्यक्त गरे । खनालका अनुसार अहिले क्याम्पसमा ३७ जना मात्र कर्मचारीहरु रहेका छन् । राज्यले वास्ता नगरेक कारण केही कर्मचारी आफैले राखेको उनले बताए । आर्थिक अभावको कारण क्याम्पसलाई सोचेअनुरुप अगाडी बढाउन नसकिएको क्याम्पस प्रमुख खनालको भनाई थियो ।

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

प्रतिक्रिया