राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीति अपेक्षाकृत हुँदैन : पूर्वगभर्नर क्षेत्री

काठमाडौँ- नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीति अपेक्षाकृत नहुने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीति विगतको जस्तो विस्तारकारी आउनेमो शंका रहेको बताएका हुन् । उनले बैंकहरूले उद्योगको क्षमता विस्तार गर्न दिएको कर्जा आयात गर्न प्रयोग भएको जिकिर गरे ।
पूर्वगभर्नर क्षेत्रीले नेपाल राष्ट्र बैंकका गभर्नर स्वयंले हेरक फोरमहरूमा बैंकिङ ब्याजदर बढ्ने स्पष्ट रूपमा भनेकाले शंका गर्ने स्थिति रहेको स्पष्ट पारे । उनले अहिले राष्ट्र बैंकले ब्याजदरको विषयमा ट्रेजरी बिलको ब्याजदर ११ प्रतिशत पुर्याएर व्यवहारमा देखाएको दाबी गरे ।
क्षेत्रीले यस्तो अवस्थाले अब बैंकमा रहेको रकम समेत ट्रेजरी बिलमा जाने सम्भावना भएको भन्दै बैंकिङ निक्षेपमा समस्या यथावत रहने उल्लेख गरे । उनले सरकारले बजेट भाषणमा बैंकिङ ब्याजदर घटाउने नीति ल्याउने तर राष्ट्र बैंकका गभर्नरले ब्याजदर बढ्ने बताइसकेकाले सरकार र राष्ट्र बैंकबीचमा अन्तरविरोध रहेको बताए
पूर्वगभर्नर क्षेत्रीका अनुसार सरकारको नीतिमा जहिलेसम्म स्थिरता नभएसम्म अर्थतन्त्रमा समस्या आउने छ ।

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

प्रतिक्रिया