बाँकेमा फेरि तीन जनामा देखियो कोभिड संक्रमण

नेपालगञ्ज- बाँकेमा तीन जनामा कोभिड-१९ काे सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्नमा शंकास्पद तीन नमूनाको पिसिआर परीक्षण गर्दा आज उनीहरुमा संक्रमण देखिएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
उनले दुई पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको उल्लेख गर्दै उनीहरू होम आइसोलेसनमा बसेको बताए ।
कोभिड पुष्टि भएका दुई नेपालगञ्ज-१८ र एक जना नेपालगञ्ज-१० का हुन् । केही दिन यता नेपालगञ्जको जमुनाहा नाकामा बाहिरी जिल्लाका नागरिकहरूमा पनि संक्रमण देखिन थालेको छ ।
फोकल पर्सन वलीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आग्रह गर्दै कोभिड खोप लगाउन र दोस्रो मात्रा लगाएको तीन महिना पुगेकाहरूलाई बुस्टर खोप लगाउन समेत आग्रह गरेका छन् । सो नाकामा स्वास्थ्य कार्यालयको हेल्प डेस्क खडा गरेर समेत नियमित कोभिडको परीक्षण हुँदै आएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया