पोखरामा ४६ लाखसहित तीन चिनियाँ नागरिक पक्राउ

पोखरा- पोखरामा स्रोत नखुलेको ४५ लाख ९७ हजार रकमसहित तीन चिनियाँ नागरिक र एक नेपाली पक्राउ परेका छन् । पोखराको १७ ड्यामसाइडको एक घरबाट उनीहरूलाई उक्त रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त घरमा डाइमण्ड टेक्नोलोजी नामक कम्पनी चलाएर अवैध गतिविधि गरिरहेको सूचनाका आधारमा छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिइएको बैदाम प्रहरी प्रमुख डिएसपी युवराज भण्डारीले जानकारी दिए ।
उनीहरूलाई नियन्त्रणमा लिएर अहिले काठमाडौँ राजस्वमा पठाउने तयारी भइरहेको डिएसपी भण्डारीले जानकारी दिए । प्रहरीले उनीहरूले प्रयोग गरेका कम्प्युटर, ल्यापटप, मोबाइललगायतका सामाग्रीसहित कम्पनीको कार्यालय सिल गरेको छ ।

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

प्रतिक्रिया