अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते

बनेपा- काभ्रेको बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४३ जना घाइते भएका छन् ।
बनेपा-१० स्थित अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका कर्मचारी बोकेको बा.१.ज ५७४७ नम्बरको बस दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटनामा ५२ वर्षीय लेख कुमारी बस्नेतको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रराज जोशीले कर्मचारी बोकेर निस्केको अस्पतालको बस मोटरसाइकललाई साइड दिने क्रममा भासिएर पल्टिएको हो । घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया