केपी ओली दलाल र कमिसनखोरबाट चलेका छन् : माधवकुमार नेपाल

काठमाडौँः नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीसँग लडाइँ कुनै पद र लाभका लागि नभएको बताएका छन् । काठमाडौं जिल्लामा समानान्तर कमिटी घोषणा गर्ने क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओली दलाल पुँजीवाद र कमिसनखोरबाट चलेको आरोप लगाए ।
नवौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान, नियमावली र मार्गदर्शनलाई लत्याएर केपी शर्मा ओली अगाडि बढेकाले आफूहरूले समानान्तर कमिटी गठन गरेको नेपालको भनाइ छ ।
‘कुनै पनि विषयमा छलफल गर्न संगठन, पार्टी चाहियो । बैठक बस्नुपर्यो,’ उनले भने, ‘केपी ओली कस्ता मानिस भए भने आफूले भनेको जस्तो भएन भने बैठक नै छाडेर हिंडिदिने, बैठकमै नआइदिने गर्छन् । अनि कसरी छलफल गर्नु ?’ उनले पार्टीका केही नेताहरू अझै बालुवा पेलेर तेल निस्कन्छ कि भनेर रुँगेर बसेको बताए ।
‘कोही त्यस्तो मोटिभेटर (उत्प्रेरक) छ कि केपी ओलीको सोच र चिन्तनलाई व्यवहारिक बनाइदिन सक्ने ?,’ उनले भने, ‘वामदेव (गौतम) कमरेड केही अघिसम्म सकिन्छ कि भनेर प्रयास गरिराख्नुभएको थियो । अब अहिले थाकें भन्न थाल्नुभएको छ । मेरो त पहिलेकै निष्कर्ष हो बालुवा पेलेर तेल निस्कदैंन भन्ने ।’
नेता नेपालले प्रधानमन्त्री ओलीले नेता तथा कार्यकर्तामाथि पूर्वाग्रहपूर्ण व्यवहार गर्दै आएको भन्दै विचार, पद्धति र सिद्धान्तको लडाइँमा केपी ओलीलाई पराजित गरेरै छाड्ने बताए । ‘अहिले केपी ओली मलाई प्रचण्डको कार्यकर्ता भन्छन् । हिजो आफ्नो स्वार्थ सिद्ध गर्न प्रचण्डको चाकडी गर्ने उहाँ नै होइन र!,’ नेपालले भने ‘उहाँ अरुलाई सकेसम्म प्रयोग गर्नुहुन्छ नसकेपछि लात हान्नुहुन्छ । ओली सबैलाई बेवास्ता र अपमान गर्ने प्रवृत्ति बोकेर हिंडेका छन् । उनीसँग भएका मान्छे पनि त्यस्तै छन् ।’
उनले आफू लोकतान्त्रिक व्यवहार, आचरण र संस्कार भएकाले आफू ओलीको जस्तो तुच्छ गाली गलौजमा नलाग्ने बताए । सामूहिकता, बहुमतको निर्णय, संगठनको शक्तिमा विश्वास गर्ने कम्युनिष्ट पार्टी र प्रधानमन्त्री ओलीको चिन्तनमा ठूलो भिन्नता रहेको नेता नेपालको भनाइ थियो । नेपालले ओलीलाई राज्य र पार्टीको विधिविधानमा चलौं भन्दा ‘कानुन नै मैं हुँ, राज्य नै मैं हुँ’ भन्ने अभिमान सवार भएको बताए ।
सर्वोच्चको फागुन २३ को फैसला राजनीतिक खालको फैसला भएको महशुष गरे पनि त्यसलाई आफूले स्वीकार गरेर अघि बढेको बताए । २०७५ जेठ २ गतेकै अवस्थामा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि ओलीले एकलौटी र मनपरी ढङ्गले काम गरेको र पार्टीका भ्रातृ संगठनमा पनि सोही अनुसार पुनर्गठन गरेको बताए । नेता नेपालले आफू नवौं महाधिवेशनबाट थोरै मतान्तरले पराजित भएपनि ओलीले आफू नै पार्टी भएको दम्भ प्रदर्शन गरेको बताए । नेपालले कार्यकर्ता तहमा आफ्नो समूहको ६० प्रतिशत र नेतृत्व तहमा ४९ प्रतिशत आफूसँग रहेको बताए । ओलीले आम निर्वाचनमा पनि वामदेव गौतमलाई हराउन भूमिका खेलेको पनि उल्लेख गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया