कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक सुरु, नेपाल समूह पनि सहभागी

सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार फेरबदल गर्ने संकेत दिइसकेको एमालेको आजको बैठकलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । बैठकमा एमालेकै माधवकुमार नेपाल समूहका सांसदहरू पनि सहभागी छन् ।
सर्वाेच्चले नेकपा खारेज गर्नु पूर्व मन्त्री पद जोगाउन एमालेकै केपी शर्मा ओली समूह छोडेल दाहाल–नेपाल समूहमा गएका दुई मन्त्री पनि आजको बैठकमा सहभागी छन् । सामाजिक विकास मन्त्री दल रावल र पर्यटनमन्त्री नन्दसिंह बुढा बैठकमा सहभागी भएका हुन् । मुख्यमन्त्री शाहीले तत्काल विश्वासको मत नलिने बताइरहेको बेला एमाले संसदीय दलको बैठक बसेको हो ।
कर्णाली प्रदेश सभामा सभामुखसहित २० सांसद रहेको एमालेका १९ जना सांसद दलको बैठकमा सहभागी छन् । बैठकमा एमालेकै नेतृत्वमा सरकार गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

अहिलेकै नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री राणा

उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन

लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ: प्रधानमन्त्री ओली

कुलिङ पिरियडको प्रावधानप्रति राष्ट्रियसभा अध्यक्ष दाहालले गराए ध्यानाकर्षण

कुलिङ पिरियडबारे समिति पछि हट्दैन : सभापति खतिवडा

विपद्का समयमा पब्लिसिटी खोज्नेहरुका कारण राहत र उद्धारमा समस्याः सभापति शेर्पा

प्रतिक्रिया