मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

मकवानपुर- हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ राधाकृष्ण मन्दिर नजिकै भएको दुर्घटनामा एक जनाको मृत्यु भएकाे छ भने दुई जना घाइते भएका छन् ।
बिहीबार दिउँसो कान्तिलोकपथ राजमार्ग अन्तर्गत क्याम्पाडाँडाबाट हेटौंडा बजार आउँदै गरेको ना ५१ प ७३५९ नंबरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००४ प १५९९ नंबरको मोटरसाइकल राधाकृष्ण मन्दिर नजिकै एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा बागमती प्रदेश ०३-००४ प १५९९ नम्बरको मोटरसाइकल चालक हेटौंडा १८ फुर्केचौर का २५ वर्षीय विशाल थापाको उपचारको क्रममा दिउँसो संचय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
दुर्घटनामा ना ५१ प ७३५९ नंबरको मोटरसाइकलका २५ वर्षीय लक्ष्मण आचार्य र हेटौंडा-१८ का २३ वर्षीय सुमन थापा घाइते भएका थिए । थापाको उपचारका क्रममा मृत्यु भएको र आचार्यको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया