‘रातो घाँघर’पछि इन्दिराले ल्याइन् ‘पछ्यौरी’

काठमाडौँ- १२ वर्ष अगाडि ‘रातो घाँघर’ सार्वजनिक गरेकी गायिका इन्दिरा जोशीले १२ वर्षपछि ‘पछ्यौरी’ बोलको गीत दर्शक तथा श्रोतमाझ ल्याएकी छिन् ।
यो गीतमा इन्दिराकै शब्द तथा संगीत छ । वैवाहिक जीवनमा बाँधिएपछि रातो सारी र सिउँदोमा सिन्दुर सजाएर गीत रिलिज कार्यक्रममा उपस्थित भएकी गायिकाले दर्शकको माया पहिलेको जस्तै पाउने विश्वास व्यक्त गरिन् ।
यो गीतलाई इन्दिराले लोक र पप शैलीमा तयार पारेकी छिन् । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा हरि हुमागाँइको छायांकन, प्रविण श्रेष्ठको सम्पादन छ ।
गायिका जोशीले भिडियो खिच्नका लागि केही गाह्रो भएपनि दर्शकको चाहनाअनुसार काम गरेको बताइन् । यस्तै, मोडल निराजन प्रधानले इन्दिरासँग पहिलो पटक काम गर्दा आफूलाई खुसी लागेको प्रतिक्रिया दिए ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया