बागमती प्रदेशको बजेट सर्वसम्मत स्वीकृत

मकवानपुर- आगामी आर्थिक वर्षको लागि बागमती प्रदेश सरकारले प्रस्ताव गरेको बजेट सर्वसम्मत स्वीकृत भएको छ ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ लाई पारितको लागि संसदमा पेश गरेको प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको सभामुख सानुकुमार श्रेष्ठले बताए ।
प्रदेश सरकारले आजै ३ चरणमा विनियोजित विधेयकमाथिको बाँकी छलफल गरेको थियो । छलफल सकिएपछि आजै विनियोजित विधेयक २०७९ सर्वसम्मतले स्वीकृत गरिएको हो । १२ असारदेखि बजेटमाथिको छलफल सुरू गरिएको थियो ।
बुधबारको बैठकमा प्रदेशसभा सदस्यहरूले मन्त्रालयको विषयगत शीर्षकमाथि गरेका पुरक प्रश्न र सो सम्बन्धित विषयगत मन्त्रालयमा मन्त्रीहरू र मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जवाफ दिएका थिए ।
प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले बताए ।
प्रदेश सरकारले गत १ असारमा आगामी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख बजेट प्रस्ताव गरिएको थियो ।
कूल विनियोजित बजेट मध्ये चालु तर्फ १९ अर्ब ०२ करोड ४१ लाख, पुँजीगत तर्फ ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरण तर्फ ८ अर्ब ३५ करोड २७ लाख र वित्तीय व्यवस्था तर्फ २ अर्ब विनियोजन गरेको छ ।
कूल विनियोजन मध्ये चालु तर्फ २७ प्रतिशत, पुँजीगत तर्फ ५८.५८ प्रतिशत, वित्तीय हस्तान्तरण तर्फ ११.७७ प्रतिशत र वित्तीय व्यवस्था तर्फ २.८१ प्रतिशत रहेको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट २६ अर्ब ९७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख र चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १६ अर्ब ६७ करोड ५० लाख व्यहोरिनेछ ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया