विद्युत् प्राधिकरण प्राविधिक संस्था भएकाले प्राविधिकलाई निमित्त दिइएको हो : ऊर्जामन्त्री पुन

काठमाडौं : ऊर्जा मन्त्री वर्षमान पुन अनन्तले विद्युत् प्राधिकरण प्राविधिक संस्था भएकाले यसको प्रमुख पनि प्राविधिक व्यक्ति नै हुनुपर्ने आवश्यकता बोध गरी नयाँ निमित्त दिइएको बताएका छन् ।
मन्त्रीस्तरीय निर्णयमा हिजो आइतबार पुनले प्राधिकरणको सबैभन्दा वरिष्ठ इन्जिनियर (प्राविधिक) हितेन्द्रदेव शाक्यलाई निमित्तको जिम्मेवारी दिने निर्णय गरेका थिए ।
प्राधिकरण सञ्चालक समिति बैठक राखी पुनले शाक्यलाई प्राधिकरणमा काज फिर्ता गर्ने निर्णय गराएका थिए । शाक्य यसअघि प्राधिकरणकै सहायक कम्पनी एनईए इन्जिनियरिङको उपल्लो तह (प्रबन्ध सञ्चालक) मा कार्यरत थिए ।
मन्त्री पुनले प्राविधिक संस्था सञ्चालनका लागि प्राविधिज्ञकै जरुरी भएको आफूले महसुस गरेको पनि उल्लेख गरे । निमित्त हटाएर किन निमित्तैकै जिम्मेवारी दिएको भन्ने इकागजको प्रश्नमा मन्त्री पुनले भने, ‘मैले गर्न सक्ने यत्ति (निमित्त प्रमुखको जिम्मेवार दिने) हो, बाँकी (नियुक्ती नै गर्ने) काम नेपाल सरकार (मन्त्रिपरिषद्) को हो, मेरो होइन ।’
शाक्यले सोमबारदेखि नै प्राधिकर
णको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी वहन गरेका छन् । उनलाई आइतबार बेलुकी निमित्तको जिम्मेवारी दिइएको पत्र ऊर्जा मन्त्रालयले दिएको थियो ।
यसअघि प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मा लेखाकै उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले पाएका थिए । कोइराला शाक्यपछि सबैभन्दा वरिष्ठ कर्मचारी हुन् । शाक्य आफ्नो क्षेत्रमा विज्ञ हुन् ।
गत भदौ २९ गते प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको म्याद सरकारले थप नगरेपछि प्राधिकरणमा स्थायी तवरले कार्यकारी निर्देशकको नियुक्ती भएको छैन । ऊर्जा मन्त्री पुनले घिसिङलाई नै दोहोर्याउन मन्त्रिपरिषदमा प्रस्ताव लगे पनि प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका थिए । प्राधिकरणको सन्दर्भमा विभागीय मन्त्रीले लगेको प्रस्तावमा सामान्यतया प्रधानमन्त्रीले हस्तक्षेप गरेको यो पहिलोपटक हो ।
विद्युत् प्राधिकरण ऐन, २०४१ मा ‘साधारण सभा नभएसम्मका लागि प्राधिकरणको प्रबन्ध निर्देशक नेपाल सरकारले नियुक्त गर्ने’ उल्लेख छ । प्राधिकरण स्थापना भएदेखि साधारण सभा भएको छैन । साधारण सभाका लागि सरकारले सर्वसाधारणलाई शेयर जारी गरेको छैन । यसकारण प्राधिकरण पूर्ण रुपमा नेपाल सरकारको स्वामित्वको भएकाले यसको प्रमुख पनि सरकार (मन्त्रिपरिषद्) ले नै तोक्दै आएको छ ।
प्राधिकरणको ३५ वर्षको इतिहासमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएर पुनः निमित्त दिइएको पनि यो पहिलोपटक हो ।

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

प्रतिक्रिया