मोडल कलेजबाट छात्रवृत्ति पाएपछि मुस्कान भन्छिन्: 'ल' पढेर न्याय नपाएकाको सहारा बन्छु

काठमाडौँ- बागबजारस्थित मोडल कलेजले मुस्कान खातुनलाई निःशुल्क अध्ययन गराउने जिम्मा लिएको छ । कलेजले खातुनलाई कक्षा ११ र १२सम्म नि:शुल्क पढाउने भएको हो ।
एक साताअघि कलेजले र खातुनको परिवारसँग निःशुल्क पढाउने गरी सहमति भएको थियो । खातुनले दुई वर्षसम्म कलेजले निःशुल्क पढाउने जानकारी दिइन् ।
उनले भर्खरै मात्र एसईई परीक्षा दिएकी हुन् । एसइईको रिजल्ट आएपछि उनले उच्च शिक्षामा 'ल' पढ्ने इच्छा रहेको बताइन् ।
एसिड आक्रमणबाट घाइते भएकी खातुनले अहिलेसम्म पूर्णरूपमा न्याय पाउन नसकेको उनको भनाइ छ ।
'आफैँ पीडित भएकाले न्याय नपाउँदा कस्तो महसुस हुन्छ । त्यसको पीडा मैले भोगिरहेको छु । अरुका लागि न्याय दिलाउन 'ल' पढ्न लागेको छु,' उनले भनिन्,' हाम्रो देशमा धेरै महिलाहरू पीडित बन्नु भएको छ । उहाँहरूले मैले जस्तै न्याय पाउनका लागि सास्ती भोग्न नपरोस् । न्यायका लागि म सहारा बन्ने छु ।'
वीरगन्ज महानगरपालिकामा -२ छपकैयामा छिमेकी दुई युवकहरूले २०७६ भदौ २० गते उनीमाथि एसिड प्रहार गरेका थिए । अहिले उपचार गराएर मुस्कान सामान्य जीवनमा फर्किसकेकी छिन् ।

सूचना आयोगद्वारा डिजिटल प्लेटफर्म सार्वजनिक

बालबालिकाको मोबाइल लत छुटाउने यी हुन् पाँच टिप्स्
आज साउन १ : कर्कट (साउने) सङ्क्रान्ति पर्व

आज यस्तो छ तपाईंको राशिफल

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका किशोर श्रेष्ठ

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

प्रतिक्रिया