खोलाले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता
मकवानपुर- मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिकामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् ।
राक्सिराङ-४ स्थित मनहरी खोलाको गोराङ्दी दोभानमा खोला तर्ने क्रममा साँझ ५ बजे तिर खोलाले बगाएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । कैलास कालिकाटारबाट आउने खोला र राक्सिराङ खैराङबाट आउने खोलाको संगम गोराङ्दी दोभानमा घटना भएको हो ।
उनीहरूलाई खोलाले बगाएको स्थानीयले देखेपछि तत्काल खोजी गर्दा कैलाश गाउँपालिका-७ का सुनबहादुर प्रजाको शव भेटिएको थियो ।
गाउँपालिका अध्यक्ष मल्लका अनुसार अर्का एक जना अझै बेपत्ता छन् । बेपत्ता हुने को थिए भन्ने खुल्न सकेको छैन । लगातार झरि पर्दा यस क्षेत्रको बाटो जोखिमपूर्ण भएको मल्लले बताए । खोलाको बाटोको तुलनामा पाखोको बाटो सुरक्षित हुँदा हुँदै खोलै खोला हिँड्दा दुर्घटना भएको उनकाे भनाइ छ ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया