आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

थप ६२ जनामा कोभिड संक्रमण

काठमाडौँ- नेपालमा थप ६२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ पिसिआर परीक्षणका क्रममा ५१ जना र ६ सय १२ एन्टिजेन परीक्षणका क्रममा ११ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १९ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ४५ जना निको भएका छन् ।

हाल नेपालमा २ सय ६१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।