मुख्यमन्त्री महिला आयआर्जनमा सुर्खेतका द्वन्द्वपीडित तथा एकल महिला

सुर्खेत- सुर्खेतका महिलाहरू मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रममा सहभागी भएका छन् । जिल्लाका द्वन्द्वपीडित तथा एकल महिलाहरू आर्थिक रूपमा सशक्त हुने उद्देश्यले उक्त कार्यक्रममा सहभागी भएका छन् । उनीहरू कृषि तथा व्यवसायमार्फत आयआर्जन गरी आत्मनिर्भर हुने सोचका साथ अघि बढेका हुन् ।
हाम्रो आधार महिला कृषि तथा पशुपालन सहकारी वीरेन्द्रनगरले उक्त कार्यक्रम सञ्चालन गरेको छ । कृषि विकास निर्देशनालयको २० लाख रूपैयाँ आर्थिक अनुदानमा उक्त सहकारीमार्फत कार्यक्रम सुरू गरिएको छ । यसैबीच सहकारीले सहकारीमा आवद्ध सदस्यहरूलाई उक्त कार्यक्रमको विषयमा जानकारी गराएको छ ।
कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रमको विषयमा सहकारीमा आवद्ध महिलालाई जानकारी गराए । उनले कार्यक्रममार्फत आर्थिक आयआर्जन गर्न सहज हुनेमा जोड दिए ।
कार्यक्रममा सहकारीका कोषाध्यक्ष डिला आचार्यले सहकारीमा आवद्ध महिलालाई वार्षिक पाँच प्रतिशत ब्याजदरमा ऋण प्रवाह गरिने बताइन् । ‘एक जना सदस्यलाई दुई लाख रूपैयाँसम्म ऋण लैजान पाउने व्यवस्था छ,’ आचार्यले भनिन्, ‘लगेको ऋणले कृषि तथा व्यवसायमा लगाउनु पर्ने छ ।’
सहकारीका कार्यबाहक अध्यक्ष नन्दा श्रेष्ठले सहकारीमा जिल्लाभरका द्वन्द्वपीडित तथा एकल महिलाहरू आवद्ध रहेको बताइन् । उनले सहकारीमार्फत ऋण ल्याएर तरकारी तथा फूल खेतीका साथै व्यवसायमा लगानी लगाएमा राम्रो आयआर्जन हुने भएकाले यसतर्फ लाग्नुपर्ने जिकिर गरिन् ।
वीरेन्द्रनगर वडा नम्वर ९ का वडाध्यक्ष ऋषि गिरीले महिलाको जिवन स्तरमाथि उठाउन यस कार्यक्रमले सहयोग गर्ने भएकाले सबै मिलेर कार्यान्वयनमा जोड दिन आग्रह गरिन् । मानवअधिकारका लागि महिला एकल महिला समूहका अध्यक्ष ममता नगालले द्वन्द्वपीडित तथा एकल महिलाहरू एकजुट भएर आयआर्जनमा लाग्नु पर्नेमा जोड दिइन् ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया