एनआरएनए पूर्वाधार कोषको आइपीओ ६ महिनाभित्रै

काठमाडौँः गैर आवासीय नेपाली संघ (एनआरएन)ले सञ्चालनमा ल्याउन लागेको १० अर्ब रुपैयाँको पूर्वाधार कोष (एनआरएन नेपाल डेभलपमेन्ट फण्ड)को प्राथमिक सेयर निष्काशन (आइपीओ) ६ महिनाभित्रै जारी गर्नेगरी तयारी भैरहेको छ । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले कम्पनी दर्ता भैसकेको र अबको केही साताभित्र प्रवर्धकहरूले प्रतिवद्धता गरेको रकम जम्मा हुने बताए । सरकारले एनआरएनएले सञ्चालनमा ल्याउन लागेको पूर्वाधार कोषको ८५ प्रतिशत रकम गैर आवासीय नेपालीहरूसँग आइपीओ मार्फत् उठाउने अनुमति दिएको छ ।
गैर आवासीय नेपाली संघको भर्चुअल पत्रकार सम्मेलनमा अध्यक्ष पन्तले गैर आवासीय नेपालीहरूले मात्र खरिद गर्न पाउने आइपीओ खरिदका लागि डिम्याट खाता खोल्न आग्रह गरिएको बताए । १० अर्बको पूर्वाधार कोषमा एनआरएनले एक अर्ब रुपैयाँ अर्थात् १० प्रतिशत र सरकारले ५० करोड रुपैयाँ (५ प्रतिशत) प्रवर्धक सेयर लगानी गर्ने भएको छ । बाँकी रकम एनआरएनहरूमाझ आइपीओ जारी गरी उठाउन लागिएको हो । सरकार र एनआरएनको गरी कुल डेढ अर्ब रुपैयाँ प्रवर्धकको लगानी रहने भएपनि आइपीओ अधिक खरिद भएमा त्यसलाई सेयर पुँजीमै परिवर्तन गर्न दिन धितोपत्र बोर्डसँग माग गरेको छ ।
‘म्युचुअल फण्ड’मा यो अभ्यास भएपनि प्राथमिक सेयर निष्काशनमा भने यो अभ्यास छैन । तर बाहिरबाट पैसा पठाइसकेपछि त्यसलाई फेरि फिर्ता गर्न शुल्क लाग्ने भएकाले अधिक आवेदन आए सेयर पूँजी नै बढाइदिने गरी धितोपत्र बोर्डसँग समन्वय भैरहेको छ । धितोपत्र बोर्डले आर्थिक पूर्वाधारमा लगानी गर्नेगरी १ अर्ब रुपैयाँमाथिको चुक्ता पुँजी भएको कोषले यसरी आइपीओ जारी गर्न मिल्ने व्यवस्था गरे अनुरुप एनआरएनले ८ अर्ब ५० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । आइपीओको प्रतिइकाइ मूल्य भने १०० रुपैयाँ नै कायम हुनेछ ।
प्रवर्धक सेयरमा थप लगानी गर्न इच्छा जाहेर गर्नेहरूको संख्या पनि थपिदैं गएको र आइपीओ पनि बढी माग भए त्यसलाई सेयर पूँजीमा लगानी गर्न दिने व्यवस्था भए कोषको आकार १० अर्ब रुपैयाँभन्दा ठूलो पनि हुनसक्ने अध्यक्ष पन्तले बताए । कोषको अधिकांश हिस्सा आइपीओमार्फत् पुँजी उठाउन लागिएकोले प्रवर्धक सेयरको लक–इन पिरियड (सेयर कारोबार गर्न नपाइने अवधि) धेरै वर्ष नराख्ने बताइएको छ । अहिले बैंक तथा वित्तिय संस्थाको प्रवर्धक सेयरमा ५ वर्षे र जलविद्युतमा ३ वर्षे लक–इन पिरियड कायम गरिएको छ ।
एनआरएनएले डेढ सय परियोजनामध्येबाट लगानीयोग्य परियोजनाहरू छनौट गर्ने बताइएको छ । एनआरएनहरूमाझ कुल ८ अर्ब ५० करोड रुपैयाँको सेयर बिक्री गर्न लागिएको एनआरएन पूर्वाधार कोषको आइपीओ एनआरएनहरूमा बिक्री नभए देशभित्रै पनि बिक्री गर्न पाउने व्यवस्था भएको गैर आवासीय नेपाली संघले जनाएको छ । कृषि, जलविधुत, पर्यटन, औद्योगिक क्षेत्रका परियोजनाका अतिरिक्त एनआरएन पूर्वाधार कोषले प्राइभेट इक्विटी फण्डले जस्तै इक्विटीमा लगानी, नवप्रवर्तन र स–सानो कर्जा पनि दिन सक्ने मोडालिटीमा कम्पनीको प्रबन्धपत्र र नियमावली तयार भएको छ ।

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्…

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

एकवर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै TUNLAND G7

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

सुन चाँदी दुबैको घटयो मुल्य

प्रतिक्रिया