अष्ट्रेलियामा अन्जु र सञ्जिवको 'विजडम नाइट'

काठमाडौँ - नेपाली सुगम गीत संगीतकी चर्चित गायिका अन्जु पन्त अष्ट्रेलियाको विभिन्न सहरहरूमा गुन्जने भएकी छिन । ुविजडम नाइटुनामक यो सांगीतिक यात्रामा सिड्नीमा नै रहेका गायक सञ्जिव पराजुलीले अन्जुलाई साथ दिने भएका छन् ।
दसैँको अवसर पारेर विजडम इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ुविजडम नाइटु सेप्टेम्बर १७ देखि सेप्टेम्बर ३० सम्म आयोजना हुने जानकारी विजडम एजुकेसन कन्सल्टेन्सीका सीईओ सफल कार्कीले गराएका छन । ‘अष्ट्रेलियाको विभिन्न सहरहरूमा रहनु हुने गीत संगीत अनुरागीहरूको चाह र माग अनुरूप नै हामीले अन्जु पन्तको साथमा सञ्जिव पराजुलीलाई लिएर सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेका हौं ‘ कार्कीले जानकारी दिए ।
उनका अनुसार कार्यक्रम पहिले १७ सेप्टेम्बरका दिन सिड्नीमा हुने छ त्यसपछि भने अन्य सहरहरूमा क्रमश यो सांगीतिक कार्यक्रमको यात्रा अघि बढ्ने छ । अष्ट्रेलियामा रहनु हुने नेपालीहरू माझ प्रस्तुत हुने अवसर मिलेकोमा गायिका पन्तले पनि खुसी ब्यक्त गरेकी छिन् । ‘ दसैँको अवसरमा अष्ट्रेलियामा रहनु हुने नेपालीहरू माझ गीत संगीत मार्फत मनोरन्जन प्रदान गर्न म आउँदै छु । हजुरहरू पनि आउनु होला । सँगै नाचौंला, गाउँला र रमाइलो गरौंला ‘ पन्तले आग्रह गरेकी छिन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया