शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

थप ४४ जनामा कोभिड पुष्टि

फाइल फोटो

काठमाडौँ - नेपालमा थप ४४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार ८ सय ५२ पिसिआर परीक्षणका ३८ जना ९ सय ४६ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोभिडका कारण मंगलबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १७ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय २६ जना निको भएका छन् । 

हाल नेपालमा २ सय २९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।