आजदेखि धनगढीबाट बुद्धको पहिलो उडान सुरु

कैलाली -यसअघि काठमाडौँबाट मात्रै पहिलो उडान गर्दै आएको बुद्ध एयरले आजदेखि धनगढीबाट पहिलो उडान सुरु गरेको छ । यसअघि काठमाडौँबाट जहाज आएपछि मात्र यहाँबाट यात्रुहरू काठमाडौँ उड्न पाउने गरेकामा आजदेखि कैलालीबाटै पहिलो उडान सुरु गरेपछि भने त्यो बाध्यताको अन्त्य भएको हो ।
बुद्धले मंगलवारदेखि पहिलो उडान धनगढी–काठमाडौँ सुरु गरेको हो । पहिलो उडान भर्न हिजै बुद्ध एयरको जहाज धनगढी आइपुगेको थियो । बुद्ध एयरको जहाजले अव हरेक दिन बिहान धनगढीबाट ६ बजेर १५ मिनेटमा उडान भर्नेछ । यद्यपि पहिलो दिन आज मौसमको खराबीका कारण ८ बजेर ९ मिनेटमा बुद्ध एयरको जहाज धनगढीबाट काठमाडौँका लागि उडेको थियो । ७२ सिट क्षमता भएको जहाजमा आज ६४ जनाले यात्रा गरेको बुद्ध एयर धनगढीका इन्चार्ज बुधराम माझीले बताए ।
बुद्ध एयर धनगढीका इन्चार्ज माझीले आजदेखि नियमित रूपमा बुद्ध एयरले धनगढी– काठमाडौँ रुटमा उडान भर्ने जानकारी दिए । पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको निर्देशन तथा निर्णयपछि बुद्ध एयर लगायतका हवाई कम्पनीले काठमाडौँ भन्दा बाहिरका विमानस्थलबाट आजदेखि हवाई सेवा सुरु गरेका हो ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया