टेस्ट क्रिकेट: न्युजिल्यान्डविरुद्ध इङ्ल्यान्डको ‘क्लिनस्विप’

काठमाडौँ- इंग्ल्यान्डले तेस्रो टेस्ट क्रिकेट खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै तीन टेस्ट शृंखलामा ‘क्लिनस्विप’ गरेको छ ।
२९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । इंग्ल्यान्डको जितमा जो रुटले ८६ रन बनाए । जोनी बेयरस्टो ७१ रनको योगदान गरे । ओली पोपले ८२ जोडे ।
यसअघि न्युजिल्यान्ड दोस्रो इनिङमा ३२६ रनमा सबै विकेट गुमाएको थियो । न्युजिल्यान्डका टम ब्लेन्डलले ८८ रन बनाए । यस्तै, डर्याल मिचेलले ५६, टम लाथम ७६, केन विलियम्सन ४८ रनको योगदान गरे । इंग्ल्यान्डका ज्याक लेचले पाँच र म्याथ्यु पट्सले तीन विकेट लिए ।
इंग्ल्यान्ड पहिलो इनिङमा ३६० रनमा अल आउट भएको थियो । यसअघि न्युजिल्यान्ड पहिलो इनिङमा ३२९ रनमा अल आउट भयो ।
इङ्ल्यान्डका रुटनै प्लेयर अफ द सिरिज चुनिए । न्युजिल्यान्डका डर्याल मिचेल र जो रुट संयुक्त रुपमा प्लेयर अफ द सिरिज भए ।
यस अघि इंग्ल्यान्ड पहिलो र दोस्रो खेलमा समान पाँच विकेटले विजयी भएको थियो ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया