देश र जनताको पक्षमा बजेट ल्याउँदा विपक्षीलाई अनैतिक लाग्योः अर्थमन्त्री शर्मा

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले देश र जनताको पक्षमा आगामी आर्थिक वर्षको बजेट ल्याएकै कारण विपक्षलाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् ।
सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटका विकासमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट देश र जनताको पक्षमा ल्याएको कारण विपक्ष दललाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका हुन् ।
उनले करका दर परिर्वतन भएको विषयमा आफू र सरकार जवाफदेही र जिम्मेवारसमेत रहेको बताए । मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीको व्यक्तिगत नभएर प्रतिष्ठित व्यवसायी, अर्थविद्,नागरिक र सबै सांसदहरु सुझावको आधारमा ल्याएको दाबी गरे ।
उनले बजेट कार्यान्वयन गर्दा आयात प्रतिस्थापन, गरिबी हटाउने र मानव विकास सूचाकं वृद्धि गर्ने अंक नै बजेटमा समावेश गरिएको बताए । मन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा औधोगिकरण,उत्पादन र आयात प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्ने दाबी गरे ।
उनले भने, ‘कार्यान्वयन गर्दै जाँदा लक्ष्य तोकेको छ । यति प्रतिस्थापन गर्ने,यति गरिबी हटाउने,मानव सूचाङ्क यति वृद्धि गर्ने भनेर तोकिएका आँकडाहरू छन् । तोकिएका आँकडामा बजेट कार्यान्वयन हुनेबाट भोलि देशको औद्योगिकरणमा आउने परिवर्तन, उत्पादन र प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्नेछ । जवाफ दिनेछ । सही थियो कि गलत थियो त्यतिबेला पुष्टि हुनेछ । यति बेला मैले भन्न सक्ने कुराहरु होइन । इतिहासले पुष्टि गर्ने छ । त्यसप्रति म जवाफदेही छु । मैले गरेका निर्णयहरूमा पूर्णरुपमा जवाफदेही छु । मैले त्यो जिम्मा लिएको छु ।’
अर्थमन्त्री शर्माले करका दर रेट घटाउने र बढाउने विषय अर्थमन्त्रीको क्षेत्र अधिकारको भएको बताए । उनले अर्थमन्त्रीले बजेट नल्याएर,करका दर रेटलाई घटबढ नगरेर अरु के गर्नु पर्ने थियो ? भन्दै प्रश्न गरे ।
मन्त्री शर्माले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा आर्थिक समृद्धि, आत्मनिर्भरता,गरिबी कम गर्ने र व्यवसायिक क्षेत्रलाई प्रोत्साहन गर्ने गरी ल्याउने अर्थमन्त्री अनैतिक नहुने बताए ।
उनले करका दर रेट घटाउनु र बढाउनु अर्थ मन्त्रालयको मुख्य काम भएको बताए । मन्त्री शर्माले मुलुकको वर्तमान आर्थिक अवस्थालाई हेरेर करका दर घटाउन बढाउन आवश्यक रहेको बताए । अर्थमन्त्रीले करको दर रेट आवश्यकता अनुसार बढाउन र घटाउन दुवै पाइने दाबी गरे ।
अर्थमन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा सरकारका संरचनालाई सुदृढ गर्ने कानुनहरूलाई राम्रो बनाउने र सँगै आम जनतालाई बजेट तथा कार्यक्रम कार्यान्वयनमा सहभागी गराउने विषय बजेटमा उल्लेख गरेको बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया